बैतडीको पाटनमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको पाटन नगरपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ ।

बुधबार पाटन ६ स्थित महिला विकास हलको प्राङ्गणमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो । नगरपालिकाले विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा शाहदत प्राप्त गर्ने तथा बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरेको नगर गौरी सिह रावलले जानकारी दिनुभयो ।

बेपत्ता छानविन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावलीमध्ये १५ जना सहिद तथा बेपत्ता भएका परिवारका सदस्यहरुलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजार सहित सम्मान गरिएको उहाँले बताउनुभयो । यस्तै उनीहरुलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?