राष्ट्रपति निर्वाचन : रास्वपाको बैठक आज बिहान बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिँदैछ ।

रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ ।

रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।

आज हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?