साढे २ किलो चरेससहित एक महिला पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो।

बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनुभयो।

शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?