सत्तागठबन्धनबाट उपराष्ट्रपतिमा प्रमिला यादवको पनि उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव हुनुहुन्छ । यस्तै उहाँको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन हुनुहुन्छ ।

उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताउनुभयो । निर्वाचनसम्मका लागि नै उम्मेदवारी दिएको उहाँले उल्लेख गर्नुभयो

सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै सत्ता गठबन्धनकातर्फबाटै अर्का उम्मेदवार जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?