ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

Read Time = 1 min

बेइजिंग । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनुभएको छ । राष्ट्रपति सी चिन फिङले १४औं राष्ट्रिय जन कांग्र्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको हो ।

ली छ्याङले विगत १० वर्षदेखि चीनका प्रधानमन्त्री रहनुभएका ली केकियाङको स्थान लिनुहुनेछ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैंले ली कियाङको नाम प्रस्ताव गर्नुभएको थियो, जसलाई राष्ट्रिय जन कांग्रेस (एनपीसी) ले अनुमोदन गरेको हो ।

ली छ्याङ ६३ वर्षका हुनुहुन्छ, जसलाई व्यापारीहरूको हितमा काम गर्ने राजनीतिज्ञ मानिन्छ र जो सी जिनपिङका नजिकका साथीहरूमध्ये एक हुनुहुन्छ । यसअघि शुक्रबार सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बन्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?