कमल थापाको पार्टीका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश

Read Time = 1 min

काठमाडौं ।  कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गर्नुभएको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आचार्यसहित विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायतका ४२ जनालाई राप्रपामा प्रवेश गराउँदै स्वागत गर्नुभयो ।

आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो। आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?