स्वस्तिश्री गुरुकुलको रोड रेस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको सानो भर्‍याङमा अवस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुलले खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति बढी आकर्षित अनि दक्ष बनाउने उद्देश्य राखेर ‘रन फर नेसनल पिस’ को नाराका साथ रोड रेस-२०७९ विशेष कार्यक्रम आयोजना गरेको छ ।

खेलाडीहरूलाई जुम्बा, वार्मिङ वार्मअप गराई बिहान ८ बजे रोडरेसको उद्घाटन गरिएको थियो । रोडरेसको उद्घाटन वैकुण्ठ मानन्धरले गर्नुभएको थियो । उक्त दौड प्रतियोगितामा करिब २४६ जना छात्र/छात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

प्रतियोगिता सोह्र वर्षमुनिका छात्र र छात्राको दुई समूहमा गरिएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरको दूरी कायम गरिएको प्रतियोगितामा छात्रतर्फ हिमाल अधिकारीले १९ः०५ः०१ मिनेटमा तोकिएको दूरी पार गरी प्रथम स्थान हासिल गर्न सफल हुनुभयो ।

छात्रातर्फ विमला कार्कीले १५ः०९ मिनेटमा तोकिएको दूरी पार गरी प्रथम स्थान हासिल गर्नुभयो । दोस्रो स्थान १५ः१० मिनेटमा पार गरी डोमा बुढाले प्राप्त गर्नुभयो । त्यसैगरी ओहाना कार्कीले १५ः२५ मिनेटमा तोकिएको दूरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र दशौँ स्थानसम्म प्राप्त गर्ने छात्र/छात्राहरूलाई पुरस्कारस्वरूप मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद क्रमशः २५ हजार, २० हजार, १५ हजार र पाँच हजार प्रदान गएिको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?