विद्या विवादाय धनं मदाय शक्तिः परेषां परपीडनाय ।
लस्यसाधोर्विपरीतमेतद् ज्ञानाय दानाय च रक्षणाय ।।
अर्थात् मूर्ख र सज्जनका जीवनमा तलका कुरामा भिन्नता रहेका हुन्छन् । मूर्खका लागि विद्या विवादका निमित्त हुन्छ । त्यही विद्या सज्जनका लागि ज्ञानका निमित्त हुन्छ । मूर्खका निमित्त धनमद प्रदर्शन गर्नका निमित्त हुन्छ भने शक्तिचाहिँ अरूलाई पिरोल्नका लागि मूर्खले उपयोग गर्दछ । त्यही शक्तिलाई सज्जनले अरक्षित र निर्बललाई सुरक्षा दिने कुरामा उपयोग गर्दछ । यसरी मूर्ख र सज्जनको सीमारेखा कोर्न सकिन्छ । म कहिलेकाँहीं मेरा देशका नेताको चरित्रलाई लिएर घोत्लिनेगर्दछु । मेरा नेता हिजो वटवृक्षजस्ता थिए, देशका जनतालाई मात्रै होईन विश्वलाई नै नेतृत्व प्रदान गर्नुपरे पनि पछि हट्दैनथे ।
आज मेरा देशका नेता स्वास्नी, छोराछोरी, सालाजेठान, नसनाता र पिछलग्गूबाहेक केही पनि हेर्दैनन् । यस्तालाई नेता भन्ने कि, दुष्ट भन्ने कि, पेटु भन्ने कि, खञ्चुवा भन्ने ? कि घिचासे भन्ने भनेर म अलमलिने गर्दछु । एउटी स्वास्नी ल्याएर हरेक मान्छे बसेको हुन्छ । यसैबाट पनि असल र खराब मान्छे छुट्याउन सकिन्छ जस्तो लागेर आज म यस्तै थाङ्ना तुन्ने विचार गरेर कम्प्युटर खोलेर लेख्न बसेको छु ।
मलाई राजा रुचाउँदैनन् अतः सुवर्णजी तपाईं प्रधानमन्त्री बन्नुहोस् । म सहयोग गर्दछु तर सुवर्णजस्ता त्यागी नीतिप्रिय नेता के मान्थे । उनले भनेछन्, ‘तपाईंको नेतृत्वमा चुनाव लडियो । जनताले तपाईंलाई पत्याएर नै पार्टीलाई बहुमत दिएका छन् । सजिलोका लागि हामीले नियम र नीति मिच्यौं भने भोलि झनै दुःखद् दिन पनि त आउनसक्छन् नि ! त्यो बेलाके गर्ने नि ?
देशको सबैभन्दा ठूलो पार्टी ऐतिहासिक काम पनि गरेको जसले २००७ सालको क्रान्ति सफल पारो, २०१७ सालमा राजाको ‘कु’ पनि व्यहोरो र २०३६ सालको जनआन्दाचेलन पनि गरो । त्यसैगरी २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन पनि सम्पन्न गरेर देशमा बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको प्रणाली मजबुत पार्न भनेर अनेकौ प्रकारका स्वतन्त्रता पनि बेला न कुबेलामा दिनाले नेपालमा प्रजातन्त्र वानरका हातमा परेको नरिवल भएको छ, । नेपालमा राजाको कुबुद्धिका कारणले र नेपाली कांग्रेसका नेताको अल्पबुद्धिका कारणले प्रजातन्त्र वानरका हातको नरिवलजस्तो भएको थियो र अझै पनि भई नै रहेको छ पनि ।
यदि दलीय व्यवस्थाको नम्स्का कुरा नगरी व्यावहारिकतालाई हेरेर २०१५ सालमा सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाएको भएदेखि राजाले ‘कू’ गर्ने सम्भावना थिएन या न्यून भएर जान वा टर्न पनि सक्ने थियो । अहिले पनि सभापतिले नगर्नु गठबन्धन गरेपछि त्यसलाई पालन गर्नसकेका भए पनि अहिले देखिएको दुस्सम्भावना टरेर जान सक्ने थियो । विश्वेश्वरप्रसाद कोइरालाले त भनेका पनि थिए । मलाई राजा रुचाउँदैनन् अतः सुवर्णजी तपाईं प्रधानमन्त्री बन्नुहोस् । म सहयोग गर्दछु तर सुवर्णजस्ता त्यागी नीतिप्रिय नेता के मान्थे । उनले भनेछन्, ‘तपाईंको नेतृत्वमा चुनाव लडियो । जनताले तपाईंलाई पत्याएर नै पार्टीलाई बहुमत दिएका छन् ।
सजिलोका लागि हामीले नियम र नीति मिच्यौं भने भोलि झनै दुःखद् दिन पनि त आउनसक्छन् नि ! त्यो बेलाके गर्ने नि ? अतः पार्टीको नम्स्तोड्न मिल्दैन । जनताले के भन्लान् ? हामीले जनतालाई के भनेर जवाफ दिने ?’ भनेर उल्टै प्रश्न गरेछन् । सुशीला भाउजूले पनि सुवर्णलाई नै प्रधानमन्त्री बनाउन सल्लाह बीपीलाई दिएकी थिइन् । अहिलेकी राष्ट्रिय भाउजूले मन्त्री पद खाने कि ? पचास लाख लिने शेरबहादुरलाई संसदीय दलको नेतामा भोट हालेको सेल्फी खिचेर ल्याई मलाई देखाउनुस् भनिछन् । यो समाचार साँचो मिथ्या केहो त्यसको छानविन मलाई गर्नु थिएन गरिन पनि । मलाई असल र कमसल मान्छे छुट्याउनु थियो काम पुग्यो आजकी हाम्री राष्ट्रिय भाउजू कमसल रहिछन्, हिजोकी राष्ट्रिय भाउजुका तुलनामा । प्रायः दाइहरू भाउजूका हातको माखो बनेर बसेका पनि हुनसक्ने संकेत नीतिले गरेको देखिने हुनाले मलाई शेरबहादुरभन्दा खराब ती कार्यकर्ता लाग्दछन जो यो कुरो बुझीबुझीकन पनि नबुझेको अभिनय गरेर आफूलाई अब्बल कांग्रेस भएको बताउन पनि त्यतिकै अग्रसर रहन्छन् । अर्कातिर फर्केर हेर्दा एमालेको पनि त्यत्तिकै कन्तबिजोक देखिन्छ । ओलीजस्ता अर्कालाई पेल्दा आनन्दको अनुभव गर्ने परपीडक ग्रन्थिका सिकार जुन दलका नेता छन् तिनले दल र देश अनि जनताका लागि गर्लान् भनेर कसरी आस गर्नु र ? यो देश घिचासे र पिचासे अनि स्वपीडक तथा परपीडक रोगीको देश पो भएछ । काँग्रेसका लोग्नेस्वास्नी नै स्वपीडक ग्रन्थिका सिकार छन् ।
एमाले परपीडक ग्रन्थिको रोगी छ काँग्रेसका लोग्नेस्वास्नी नै स्वपीडक ग्रन्थिका सिकार छन् । एमाले परपीडक ग्रन्थिको रोगी छ । माओवादी हो कि छेपारोवदी हो न त खाओवादी हो त्यसको पनि हाल त्यस्तै छ । उखुको टुप्पो केराको फेद भतुवा पाली घरको छेद भनेजस्तो यो देशरूप घरका भतुवा पनि एउटामात्रै भए पो भन्नु । सबै भतुवा भातमारा रास्वपा, ए-समाजवादी, मधेसवादीका २२ चिरा सबै त देश खुर्केर खाने भतुवावादी पार्टी न हुन् । हिजो महेन्द्र उदाएका बेला हमरा सभक चमडाक जुत्ता सिल्बायब तँ हम कनिको दुःख ने मानव भनेर ताबेदारी गर्नेहरू आज गौरवपूर्ण किसिमले हम धरती कें पुत्तर छी भन्छन् । भतुवाका चालै भिन्न होता है भएको छ ।
गरिबीका कारणले एमालेका चिप्ला कुरामा भुलेर नेपाली जनताले नेपालका छितकी पातकीलाई पनि देशको १ र २ नम्बरका कुर्सीमा बसाएका थिए । छितकी पातकीले आफ्नो असली रूप बेलैमा देखाएका हुनाले देशलाई धनको तुजुक र जनको मद प्रदर्शनकर्ताले देशैलाई बाघ, बाख्रा, स्याल, गिद्ध, र ब्वाँसाका स्वार्थमैदानमा परिणत गराएका छन् । संसदीय होस् या अरुकुनै व्यवस्था मान्छेको नियत खोटो भयो भने केही पनि लाग्दोरहेनछ ।
उहिल्यै एकजना कर्मचारीले घूस खाएको कुरो व्यापक भएछ । हाकिमले त्यसलाई घूस खान नपाओस् भनेर समुद्रका छाल गन्ने काममा लाएछ । उसले मालबाहक जहाजलाई समुद्रको छाल बिगार्छ भनेर रोकिदिएछ । अब ब्यापारीले उसलाई झनै धेरै घूस दिएर जहाज टुंगामा पुर्याउन लागेछन् । केही दिनपछि यसले त झनै धेरै घूस खाएर अलओल्ले धनी भयो भनेर पोल लाएछन् । अनि हाकिमले त्यसलाई एउटा पहाडे गाउँमा पठाएर त्यहाँका घरका मुसा गन्ने काम दिएछ । उसले पनि गाउँका हरेकलाई घर भत्काओ म मुसा गन्छु भनेछ । नमान्नेलाई सरकारी काम र योजनामा खलल पारेको भनेर प्रहरी लाएर समातेर जेलपठाउन पनि थालेछ । हाकिम भएका ठाउमा गुनासो लिएर गाउँले पनि पुग्न थालेछन् ।
जे गर्दा पनि नहुने कस्तो राक्षस् रहेछ भनेर हाकिम आचफैं गएर निरीक्षण गर्दा त हाकिम पनि जिल्ल परेर उसकै पक्षमा लागेर कमाउ धन्दा बढाएथ्यो रे । हो, त्यही घुस्याहा कर्मचारी अहिले नेपालमा भएका पूर्व र वर्तमान प्रधानमन्त्रीका अवतारमा जन्मेका रहेछन् । त्यसैले घूस खराब हो भन्ने जानेर पनि घूसका लागि अनेकौं तानावाना बन्ने गर्दछन् । विश्वविद्यालयको उपकुलपति नियुक्ति होस् कि मन्त्रीले अनाहकमा मारेका युवकको न्याय दिने कुरो होस् सर्वत्र भागबण्डा र मान्छेका आँखा छलेर धन, पद, मान आचमन गराउने र गर्ने प्रथा नै हाबी भएको देखिन्छ । प्रकाश ज्वाला दोषी ठहर भएपछि पनि मन्त्री पदमा रहिरहनु सुहाउँदो कुरो हो ? सयवटा मुसा खाएर चान्द्रायण व्रत लिनेलाई त्रिविको उपकुलपति बनाएको पनि देखियो । अब अन्य विश्वविद्यालयमा पनि ‘तँ भ्रष्ट म भ्रष्ट देशका पैसा अन्त नजाउन्’ चरितार्थ भएको नेपाली जनताले देख्नेछन् । विसंगति, विचित्रता, बेनियम, नियम उल्लंघन नेपाली राज्यव्यवस्थाका विशेषता बनेका छन् । गतिलो राज्य सञ्चालक भएको भए नेपाली जनताले यो पाङ्दुरे शासन भोग्नुपर्ने थिएन । निर्गतिला शासकले देशमा अनाचार, व्यभिचार, छलछाम, घूसखोरी, हत्याहिंसा नै चलाएर आफू अनन्य शासक हुँ भन्न अलिकति पनि लाज मान्दैन भन्ने कुरो भएको नीतिको श्लोक मैले सुरुमा नै उद्धृत गरेको छु ।
असल पात्रले असल परिणाम निकाल्न पवित्र साधन अपनाउँछ भने कमसल पात्रले साधनमा ध्यान दिँदैन । पवित्र साध्यका निमित्त साधन पनि पवित्र नै आवश्यक पर्दछ । गतिला कोलमा हालेर कोदो पेलेर तेल निक्लँदैन । तेल निकाल्न तोरी नै हाल्नुपर्छ कोलमा । बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई ठीक ढंगले सञ्चालन गर्न सरकार तथा प्रतिपक्ष दुवैमा प्रजातन्त्रप्रति निष्ठावान् दलको दरकार पर्दछ ।
सुशील कोइरालापछि यस देशमा भएका प्रधानमन्त्रीले नागरिक बेच्ने, मान्छे मार्ने, देशको सिमाना मिचाउने, आफ्नो दलीय स्वार्थका लागि छिमेकीलाई चिढ्याउने (कहिले कसैलाई कहिले कसैलाई मन नपर्ने काम गरेर) देशलाई नै संकटमा पार्दै आएका छन् । देशमा विश्वविद्यालयको ओइरो लागेपनि तिनमा स्तरीय पठनपाठन चलाउन सकेको देखिँदैन । दलका झोला भिरुवालाई नै अनेकौ बहानाका जलले सेचनगरी उत्कोच हसुर्ने दलका प्रधानमन्त्रीका नौरंगी भाषण सुनेर जनता कुहिराका काग बन्न विवश छन् । मान्छेका काम र प्रवृत्ति राम्रा र नराम्रा हुन्छन् । असल मान्छेले पनि कहिलेकाहिँ स्वार्थका कारणले नराम्रो काम गर्नुपरेको देखिन्छ । युद्धका मैदानमा युधिष्ठिरले मिथ्या बोल्दा द्रोण मारिएथे भने गिरिजाप्रसादले छोरीका मोहमा पर्दा नेपाली कांग्रेस दिनप्रतिदिन वामको दास बनेको देखिनथालेको छ ।
सुशील र शैलजालाई त्यागेर किसुनजीको मन राख्दा शेरबहादुरको उदय भयो । जसलाई केबल सुन, पद, भ्रष्टता जसरी पनि चाहिएको देखियो । असल पात्रले असल परिणाम निकाल्न पवित्र साधन अपनाउँछ भने कमसल पात्रले साधनमा ध्यान दिँदैन । पवित्र साध्यका निमित्त साधन पनि पवित्र नै आवश्यक पर्दछ । गतिला कोलमा हालेर कोदो पेलेर तेल निक्लँदैन । तेल निकाल्न तोरी नै हाल्नुपर्छ कोलमा ।
बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई ठीक ढंगले सञ्चालन गर्न सरकार तथा प्रतिपक्ष दुवैमा प्रजातन्त्रप्रति निष्ठावान् दलको दरकार पर्दछ । यहाँ त मान्छे मारेर, मान्छे काटेर, धनी उद्योगी सिध्याएर समाजमा समानता ल्याउने आतंककारी तत्वसँग सत्तासयर गरिएको छ । अनि कसरी देशमा शान्ति सुव्यवस्था कायम हुन्छ ? अहिले आएर प्रचण्डले राम्रो कार्य गरेको देखिन्छ । भेडा र बाख्रा एकै पाखामा चर्न सक्छन् । चितुवा र बाघ एकै वनमा बस्नसक्छन् मात्र होइन बसेका नै देखिन्छन् । प्रचण्ड र ओलीको लगनगाँठो जुटाउन शेरबहादुरले राम्रै हठ लिएछन् । यो उनको बुद्धिहीनता र आफ्ना पिछलग्गुका निमित्त अडान लिने प्रवृत्तिले उनलाई आगामी दिन निकै दुःखद् बनेर आउन सक्छने परिणामा पुर्यायो ।
शेरबहादुरका दुर्दिन कांग्रेसका सुदिन भनेर व्याख्या गरियो भने त्यो अर्को दुःखद् परिस्थिति निम्त्याउने कारण बन्नसक्छ । यसो भएको हुनाले शेरबहादुरले आफ्नै विश्वासपात्रलाई निमित्त सभापति दिएर आराम गरे कांग्रेस नयाँ किसिमले संगठित भएर नयाँ परिस्थितिसँग जुध्ने सामथ्र्यसंकलन गर्नतिर लाग्न सजिलो हुनेथियो । शेरबहादुर छउन्जेल कांग्रेसको संगनमा तीव्रता र दलसञ्चालन प्रक्रियामा नवशैलीको निर्माण सहज र सम्भवै पनि देखिँदैन । अतः भगवान्ले सुमति दिउन् सभापति शेरबहादुरलाई पोष्यपुत पाल्न मूल्यमान्यता सारा तिलाञ्जलि दिने मति परित्याग गर्न पनि अभिप्रेरित गरुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच