‘बहाव’को ‘मन रोग’ गीत सार्वजनिक

Read Time = 1 min

काठमाडौं । आगामी चैत २४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बहाव’ को गीत ‘मन रोग’ सार्वजनिक गरिएको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित यो चलचित्रको गीत ओएसआर डिजिटल युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतम र रिकेश गुरुङको संगीत छ भने संगीत संयोजन सुशान्त गौतमको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई श्रीधर पौडेलले निर्माण गर्नुभएको हो ।

चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ । कार्तीकेय स्मिता कर्नाटकले छायांकन गर्नुभएको यो चलचित्रलाई सुजन बडालले सम्पादन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?