आजदेखि एपान सम्मेलन

Read Time = 1 min

काठमाडौं । एसिया प्यासिफिक एड्भान्स नेटवर्क (एपान) को ५५औँ सम्मेलन सोमबार काठमाडौंमा हुने भएको छ । नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)द्वारा आयोजना हुने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्ने बताइएको छ ।

पाँच दिनसम्म चल्ने सम्मेलन नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनको आयोजनाको मुख्य संयोजनमा नेपालका सूचना प्रविधिसम्बन्धी संस्थाहरूको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?