ग्लोकल स्किल विक हुने

Read Time = 1 min

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले यस वर्ष पनि स्किल विक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमले रोजगारी र सीपका लागि इकोसिस्टम निर्माणको काम गर्ने आयोजकले जनाएको छ । स्किल विक कार्यक्रम मार्च १३ देखि १९ मार्चसम्म सञ्चालन हुनेछ भने १६ देखि ३० वर्षकाले निःशुल्करूपमा सहभागिता जनाउन सक्नेछन् ।

स्किल विकले युवालाई विभिन्न सीपबारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्ने बताइएको छ । एकहप्ते कार्यक्रममा विभिन्न सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला सञ्चालन हुने आयोजकले जनाएको छ । सीप सप्ताह २०२३ उपत्यकाबाहिर चितवन, जनकपुर, विराटनगर र वीरेन्द्रनगरमा पनि आयोजना हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?