इसुजुको निःशुल्क सर्भिस क्याम्प

Read Time = 2 mins

काठमाडौं । नेपालमा एसएमएल इसुजु कमर्सियल गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले विशेष योजना ल्याएको छ । कम्पनीले एसएमएल इसुजुका गाडीका लागि एकहप्ते निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको छ । काठमाडौंको गुर्जुधारास्थित जिएफआई सर्भिस सेन्टरबाट उक्त सेवा लिन सकिनेछ । सर्भिस क्याम्प चैत ४ गतेसम्म सञ्चालन हुनेछ ।

अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपूर्जाको शतप्रतिशत निःशुल्क चेकजाँच गरिने, सामान्य मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा शतप्रतिशत छुट दिइने, विशिष्टिकृत मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइने कम्पनीले जनाएको छ ।

त्यस्तै, लुब्रिकेन्टमा १५ प्रतिशत, स्पेयर पाटर््समा ५० प्रतिशत छुटका साथै ग्राहक तथा चालकका लागि विशेष उपहारसमेत रहेका छन् । एसएमएल इसुजुले १४ देखि ५५ सिट क्षमतासम्मका स्कुल बस, स्टाफ बस तथा तीन टनदेखि नौ टन क्षमताका ट्रक, ३ देखि छ क्युबिक मिटर क्षमताका टिपर ट्रक उत्पादन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?