मनाइयो इतिहास शिरोमणि आचार्यको १३६औं जन्मजयन्ती

Read Time = 3 mins

काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औं जन्मजयन्ती मनाइएको छ । इतिहास शिरोमणि आचार्यको जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा-प्रतिष्ठानमा ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक’ प्रवचन कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा, पूर्वउपकुलपति डा.जगमान गुरुङ, सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसाल, उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), पूर्वप्राज्ञपरिषद् सदस्य प्रा.दिनेशराज पन्त, प्रा.डा.त्रिरत्न मानन्धर, पूर्वराजदूत राजेश्वर आचार्य र प्रा.डा.सुरेन्द्र केसीले ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक’मा आ-आफ्नो विचार राख्नु भएको थियो ।

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरू डा.मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली, प्रा.डा.निरञ्जन बस्नेत, इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, वरिष्ठ पत्रकार डिल्ली रमण सुवेदी र प्रतिष्ठानका पदाधिकारीको सहभागिता थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरू डा.मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली प्राज्ञ सभाका सदस्यहरू, प्राज्ञ परिषद्का पूर्वपदाकिारीहरू, स्मृति प्रतिष्ठानका पदाधिकारीलगायतको सहभागिता थियो ।

विसं १९४४ साल फागुन २९ गते काठमाडौंमा जन्मिनुभएका इतिहास शिरोमणि स्व.आचार्यले ‘हाम्रो राष्ट्रभाषा नेपाली, दिव्य उपदेश, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, अब यस्तो कहिल्यै नहोस्, नेपालको संक्षिप्त वृतान्त, चीन–तिब्बत र नेपाल, भीमसेन थापा’लगायत महत्वपूर्ण पुस्तक लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?