पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

मृतक कहांर पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका(५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?