पोखरीमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरीमा खेल्नेक्रममा डुबेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो ।

बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?