हेटौडावाट काठमाडौं छिर्ने दुईवटा सडक बन्द

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन् ।

चित्लाङ-चन्द्रागिरि-थानकोट सडक र कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक स्तरोन्नति गरिन लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन् ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक अहिलेका लागि बन्द गरिएको हो ।

चित्लाङ-चन्द्रागिरि-थानकोट सडक खण्डको स्तरोन्नति भइरहेकाले प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने जनाइएको छ ।

त्यस्तै कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डअन्तर्गत ज्यामिरे-रामचन्द्र भन्ज्याङको सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको हो ।

हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?