काँग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय सुनाउँदै पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले २०७९ को निर्वाचन भन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनु भयो । उहाँले २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भुमिकालाई हेरेर पछि निर्णय लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँको १ नम्बर निर्वाचन क्षेत्र हामीले पहिला नै उम्मेदवार प्रश्तुत गरिसकेका छौँ, गोविन्द भट्टराई, चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ प्रश्तुत गरिसकेका छौँ । बारामा भने त्यहाँ हामीले साझा उम्मेदवार प्रश्तुत गर्नेगरी उपेन्द्र यादवलाई हाम्रो पार्टीबाट साझा उम्मेदवारको रुपमा स्वीकार्ने निर्णय गरेका छौँ । पार्टीको अनुशासनको कारबाहीमा पर्नुभएका २०७९ को निर्वाचन भन्दा पहिला स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरुको हकमा बारा, तनहुँ र चितवन ३ जिल्लाको हकमा अहिलेलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ । २०७९ को निर्वाचन बेलाको हकमा उपनिर्वाचनमा उहाँहरुले गर्ने कामहरुलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिया पार्ने भन्ने निर्णय भएको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रश्ताव पारित गरेका छौँ । राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने । अघिल्लो कार्य सम्पादन समितिमा प्रश्तुत भएका पार्टीको कार्यालय सञ्चालनको लागि प्रश्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय भएको छ ।’

सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रश्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको बताउनु भयो । बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनको लागि प्रश्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?