भोजपुर ट्रेल रेसमा प्रथम भए उमेश कुलुङ

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरमा आयोजित छैठौ भोजपुर ट्रेल रेस प्रतियोगितामा उमेश कुलुङ राई प्रथम हुनु भएको छ । मिराको जन्मस्थल पौवादुङमा गाउँपालिका वडा नम्वर ५, सानेदुम्माको थर्पुमा आयोजित ५० किलो मिटरको रेसमा उमेशले छ घण्टा दुई मिनेटमा निर्धारित दौड पार गर्नु भएको थियो ।

सोही प्रतियोगितामा तेह्रथुमका सरोज राई दोश्रो, सोलुखुम्बुका सुमन कुलुङ राई तेश्रो, ताप्लेजुङका दिपक राई चौथो, सोलुखुम्बुका प्रशन राई पाँचौ, रुकुमका दुर्गराज बुढा छैठौ र संखुवासभाका सन्देश राई सातौ हुनु भयो । यस्तै महिला तर्फ भोजपुरको षडानन्द नगरपालिकाकी अनिता राईले सात घण्टा ५४ मिनेमा निर्धारित दुरी पार गरी प्रथम बन्नुभयो ।

महिला तर्फ नै सिन्धुपाल्चोककी नितु तामाङ दोश्रो र भोजपुरकी जुलीन राई तेश्रो हुनु भयो । पुरुष र महिला दुवै समूह तर्फ प्रथम हुदै सातौं स्थान प्राप्त गर्ने बिजेता धावक धाविकाहरुलाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक मिरा फाउण्डेशनले जनाएको छ । ५० किलोमिटरमा ८१ जनाको सहभागिता रहेको
थियो ।

यता १० किलो मिटरको रेस तर्फ ताप्लेजुङका अमिर लिम्बु प्रथम बन्नुभयो । भने भोजपुरका तान्चोहाङ दोस्रो, सिन्धुपाल्चोकका मिङमार तामाङ तेस्रो, भोजपुरका कुल बहादुर बस्नेत चौथो र भोजपुरकै प्रसान्त राई पाँचौ हुनु भएको थियो । यस्तै सोही प्रतियोगिता अन्तर्गत स्थानीय धावक तर्फ लेखनाथ कटवाल प्रथम, मिलन कटवाल दोश्रो र रुपेश कटवाल तेश्रो हुनुभयो ।

महिला तर्फ छेन्वीमाया राई पहिलो, बिनिता राई दोश्रो, जुही राई तेश्रो, नमुना राई चौथो र प्रियंका राई पाँचौ हुनु भएको आयोजक मिरा राई फाउण्डेशनले जनाएको छ । यस्तै महिला तर्फ स्थानीय धाविका तर्फ सुचिना कटवाल प्रथम, अमृता कटवाल दोश्रो र तुलशा श्रेष्ठ तेश्रो बन्नुभयो । रेसमा १० किलोमिटर तर्फ ९३ जना धावक धाविकाको सहभागिता थियो । यस्तै बालबालिका तर्फको रेसमा ८८ जनाको सहभागिता रहेको थियो ।
१० किलोमिटरको रेसमा पुरुष तथा महिला तर्फ प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थानलाई क्रमश: १० हजार, ५ हजार, चार हजार ५ सय, ४ हजार, तीन हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगि धावक धाविकाहरुलाई प्रोत्साहन गर्न म्याराथुन धावक तथा साउथ एशियन गेममा ३ वटा गोल्ड मेडल विजेता बैकुण्ठ मानन्धर लगायतको पनि कार्यक्रम स्थलमा सहभागिता रहेको थियो । भने चर्चित हास्य कलाकार उमेश राई ‘फुलन्देको आमा’ लगायतका कलाकारहरुको विशेष प्रस्तुती समेत रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?