झापा । पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१२ कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र ईलामको ईलाम नगरपालिका-१ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले टोलीले बिर्तामोड नगरपालिका-१ पश्चिम बसस्टपमा काठमाडौं ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई जाँच गर्दा पार्सल गर्न ल्याएको ज्याकेटमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपकको हो भन्ने खुल्न आएपछि बिर्तामोड नगरपालिक-१ बाट दिपकलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच