जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई नौ वर्षपछि पक्राउ गरी प्रहरीले आइतबार कारागार चलान गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ वस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताउनुभयो ।

सोही ठाउँका कौसिलाकुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?