बैतडीका १५ जना उम्मेदवारको धरौटी जफत

Read Time = 3 mins

-डम्बर बोहरा

बैतडी । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १५ जनाको धरौटी जफत भएको छ । प्रतिनिधिसभाका ९ जना र प्रदेशसभा तर्फका दुवै क्षेत्रबाट समान ३/३ गरि ६ जनाको धरौटी जफत भएको हो ।

निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरुको धरौटी जफत गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

धरौटी जफत हुनेमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका केशव बहादुर चन्द(२५०९), राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट (१४२३), राप्रपाका देव बहादुर चन्द(१७५९), राप्रपा नेपालका हिम्मत बहादुर चन्द (१७१), स्वतन्त्र उम्मेदवार त्रिलोक बहादुर चन्द(२३७), स्वतन्त्र उम्मेदवार मान सिंह बिष्ट (३५२), नेस्नलिष्ट पिपूल्स पार्टीका कृष्ण बहादुर चन्द (१२७), जनता समाजवादी पार्टीका आन सिंह भण्डारी (१३९), नेपाल मजदुर किसान पार्टीका कृष्ण प्रसाद गोसाँई (९०) रहनुभएकाे छ । प्रतिनिधिसभा तर्फ ७७ हजार ४६० मत खसेकोमा ७२ हजार ४९८ मत सदर भएका थिए ।

प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका नरेन्द्र बहादुर बिष्ट (२,११४) राप्रपा नेपालकी कृषणा पन्त (१७८) र राप्रपाका रण बहादुर बिष्ट (९६८) को धरौटी पनि जफत भएको हो । प्रदेश सभा (क) मा ४० हजार १५५ मत खसेकोमा ३८ हजार १४२ मत सदर भए ।
त्यसैगरी प्रदेशसभा (ख) मा नागरीक उन्मुक्ति पार्टीकी रेवती बोहरा (१७०), राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशी (१,२०१) र राप्रपा नेपालका प्रेम बहादुर चन्द (२२०) को धरौटी जफत भएको हो । (ख) मा ३७ हजार २८० मत खसेकोमा ३५ हजार ४६० मत सदर भए ।
बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका थिए भने प्रदेश सभा(क)मा ६ र (ख)मा ५ जनाले उम्मेदवारी दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?