महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १२ सवारीसाधन जले

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो ।

उहाँका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन् ।

घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?