काठमाडौं । आफ्नै पार्टी कार्यालयमा पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ । उहाँमाथि राप्रपाका नेता एवं विक्रम पाण्डेका समर्थकहरूले कुटपिट गरेको खुलेको छ।
आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला नेता श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेको र त्यसपछि बैठकमा लफडा सुरू भएको थियो। लगत्तै पाण्डे बाहिर निस्केर आफ्ना समर्थकहरूलाई बैठकमा भएको घटनाबारे बताएपछि सो घटना भएको भनिएको छ ।
श्रेष्ठमाथि आक्रमण भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिनुभएको छ ।
अध्यक्ष लिङ्देनकै कार्यकक्ष बाहिर भएको घटनालाई राप्रपाले संवेदनशीलरूपमा लिएको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।
अहिले अध्यक्ष लिङदेनको कार्यकक्षमा जम्मा भएर नेताहरु सीसीटीभी फुटेज हेर्न थालेका हुन् । प्रवक्ता श्रेष्ठले घटनाको पार्टीले छानविन गरेर दोषीलाई कारवाही गर्ने बताउनु भयो ।
राप्रपाको कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको डकुमेन्टमाथि छलफल गरेर जारी राजनीतिक परिस्थितिबारे उपयुक्त निर्णय लिने तयारी छ । यस्तै पार्टीले गर्ने भनिएको आन्दोलनबारे पनि आवश्यक निर्णय गर्ने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच