सुनचाँदीको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो । यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?