जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विकसमेत नौजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?