काठमाडौं । गजलसंग्रह ‘चिनारी’ लोकार्पण गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच कांग्रेस नेता एवं सांसद डा.शेखर कोइरालाले साहित्यकार एवं कांग्रेस नेतृ रीता शाही (ऋतु)को गजलसंग्रह ‘चिनारी’ लोकार्पण गर्नुभएको हो । नेता डा.शेखर कोइरालाले साहित्यिक मात्रै नभई राजनीतिमा समेत सक्रिय युवा नेतृ भएको भन्दै रीताको प्रशंसा गर्नुभयो । ‘रीता शाही आफैंमा एक मिहिनेती युवा हुनुहुन्छ । उहाँ साहित्यमा मात्रै नभएर राजनीतिमा समेत सक्रिय महिला हुनुहुन्छ । नेपाली कांग्रेस जस्तो पार्टीले उहाँप्रति विश्वास गरिसकेको छ । त्यही भएर पार्टीले उहाँलाई उपमेयरमा समेत प्रतिस्पर्धा गराइसक्यो’, नेता कोइरालाले भन्नुभयो । उहाँले शाही पार्टीको १४औं महाधिवेशन केन्द्रीय प्रतिनिधि भएको बताउँदै राजनीतिक र साहित्यकभित्र रीताको उज्ज्वल भविष्य रहेको बताउनुभयो ।
यस्तै, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शाहीले सानै उमेरमा धेरै काम गरेको भन्दै प्रशंसा गर्नुभयो । ‘धेरै मान्छेहरू २५ वर्षको उमेरमा आइपुग्दासम्म केही गरेका हुँदैनन् । उहाँले स्वास्थ्य, समाजसेवा र साहित्यका क्षेत्रमा धेरै गरिसक्नुभएको छ । शाहीका रचनामा राजनीतिक चेतनासमेत पढ्न पाउँदा खुशी लाग्यो,’ लेखकले भन्नुभयो ।
‘चिनारी’को समीक्षा वरिष्ठ आख्यानकार ममता अब्दुलले गर्नुभएको थियो । उहाँले चिनारीले समाजको यथार्थ चित्रण गरेको बताउनुभयो । ‘साहित्यकार रीता शाही (ऋतु)को गजल संग्रह चिनारीमा समाजको यथार्थ चित्र छ । यस कृतिमा माया प्रेमका कुरामात्रै नभएर राजनीतिक र देशको परिवेश समेटिएको छ’, ममताले भन्नुभयो ।
नेविसंघ केन्द्रीय सदस्य दिनेश शाहीले सञ्चालन गरेको कार्यक्रममा तरुणदलका केन्द्रीय सदस्य पशुपति पोखरेले स्वागत मन्तव्य राख्नुभएको थियो । शाहीले आफू सानैदेखि साहित्यकमा रुचि राख्ने भएकाले साहित्य क्षेत्रबाट अलग हुन नसकेको बताउनुभयो । उहाँले सार्वजनिक कृतिलाई आफ्नो दोस्रो सन्तानका रूपमा हेरेको बताउनुभयो । ‘यस कृतिलाई मैले दोस्रो सन्तानको रूपमा हेरेको छु । साहित्य भनेको समाजको ऐना हो । समाजमा जे भइरहेको छ । त्यो कुरा साहित्य लेखनबाट दर्शाउन सकिन्छ । त्यसभित्र पनि गजल विधाको छुट्टै महत्व छ । मैले कोरेका गजल सेरले समाज बोलेको छ’, उहाँले भन्नुभयो ।
बाजुराको बूढीनन्दा नगरपालिकामा जन्मिनुभएकी शाहीको यो दोस्रो कृति हो । उहाँले यसअघि (२०७३) सालमा ‘तीतामीठा पलहरू’ नामक गजल संग्रह प्रकाशन गर्नुभएको थियो । शाहीका आधा दर्जनबढी सांगीतिक एल्बमहरू पनि बजारमा आइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच