पोखरा महानगरपालिका-१८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । गत वैशाख ३० मा भएको स्थानीय तहको चुनाव अन्तर्गत पोखरा महानगरपालिका १८को मतगणना पुनः गर्न अदालतले आदेश दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणना पुनः गर्न उच्च अदालत पोखराले मंगलबार आदेश जारी गरेको हो ।

अदालतले वैशाख २० गते पुनः मतगणना गर्न आदेश दिएको छ ।

एमालेबाट उम्मेदवार बन्नुभएको पुस्कल थापाले मतगणना कार्य वदर गरि दोर्होराई मतगणना गरि पाउँ भन्दै गत जेठ १८ गते उजुरी दिनुभएको थियो ।

सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाउनु भएको थियो ।

एमालेबाट उम्मेदवार बन्नुभएको थापा ३ मतले पराजित हुनु भएको थियो । थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गर्दै आउनु भएको थियो ।

थापाले ५ भोट मिसिङ भएको भन्दै पुनः मतगणना हुनुपर्ने भन्दै अदालतमा रिट हाल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?