मुस्ताङमा ‘दुई कदम’

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘दुई कदम’ यतिबेला मुस्ताङमा छायांकन भइरहेको छ । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को यतिबेला मुस्ताङमा छायांकन भइरहेको हो । चैत १६ गतेबाट छायांकन सुरु भएको यो चलचित्रको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायांकन गरिने निर्माण पक्षले जनाएको हो ।

दयाराम घिमिरेको कथा रहेको लभस्टोरी चलचित्रलाई तारादेवी लिम्बूले निर्माण गरिरहनुभएको हो । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भइरहको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भंगेरी, कविता आले मगर, विमला लिम्बू, चन्दा दाहाल, जीवन लिम्बूलगायत कलाकारको अभिनय रहनेछ ।

विक्रम डिसीको छायांकन रहको चलचित्रमा ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किरातीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?