मुख्यमन्त्री शाहद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ ।

आयुर्वेदिक पद्धतीबाट सरल उपचार सेवा दिने उद्देश्यले केही महिनाअघीबाट सेवा शुरु गरेको चिकित्सालयको बुधबार बिधिवत उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाहले गर्नु भएको हो । आयुर्वेदिक बिधिको उपचार सेवालाई बिस्तार गर्ने योजनाका साथ सातै प्रदेशमा आयुर्वेद चिकित्सालय सञ्चालनका लागी संघ सरकारले बजेट बिनियोजन गरेको थियो ।

प्रादेशिक आयुर्वेद अस्पताल प्रदेश सरकार माथहत राखिएको छ । चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारको ठुलो सम्पतीका रुपमा रहेको आयुर्वेद चिकित्सालयलाई प्रवद्र्धन गर्ने दायित्व प्रदेश सरकारकै रहने बताउनु भयो । यसको संरक्षण संगै थप सेवाका लागी प्रदेश सरकार आवश्यक पहल थाल्ने मुख्यमन्त्री शाहको भनाई थियो ।

कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले यस चिकित्सालयका लागि अन्य भौतिक संरचना आवश्यक भए सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले यसलाई देशकै नमुना आयुर्वेद चिकित्सालय बनाउनु पर्ने त्यसका लागि आफू पहल गर्ने पनि बताउनु भयो ।
चिकित्सालयमा बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको छ । प्रदेश सरकारबाट ५० शैयाको स्वूकृति पाएको प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरु गर्ने योजना छ । अहिले बहिरङ्ग, प्रयोगशाला र पञ्चकर्म–पूर्वकर्म, होमियोपेथी उपचार सेवा दिइरहेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको उपचार हुने गरेको सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी अध्यक्ष नरेश बिष्टले बताउनु भयो । उहाँले निकट भविष्यमै फिजियोथेरापी, अकुपञ्चर र योग सेवा सञ्चालन हुने बताउनु भयो ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक सूर्यनारायण उपाध्यायले विश्वले कोभिड पछि योग र आयुर्वेदलाई चिनेको बताउनु भयो । उहाँले विश्वमा ७० प्रतिशत मानिस नसर्ने रोगबाट पीडित भएको र नसर्ने रोगको उपचार आयुर्वेदमा र योगमा रहेको बताउनु भयो । स्वास्थ्य मन्त्रालय,आयुर्वेद विभागले आयुर्वेद चिकित्सा नीति अन्तरगत हरेक प्रदेशमा ५० बेडको आयुर्वेद अस्पताल निर्माण गर्नु पर्छ भन्ने नीति अन्तरगत २०७४ सालदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन निर्माण सुरुगरी २०७८ मा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

चिकित्सालयले स्वास्थ्य शिविर सञ्चालन गरेसंगै बिरामी आउने क्रमपनि बढेको जनाएको छ । दैनिक १ सय ५० भन्दा बढी बिरामीले चिकित्सालयबाट सेवा लिइरहेका छन् । आयुर्वेदिक चिकित्सालय सञ्चालन भएसंगै सहज किसिमको उपचार सेवा पाउने स्थानिय शंकर लुहारले बताउनु भयो । पञ्चकर्म–पूर्वकर्म बिधिबाट समेत उपचार शुरु भएपछि बिरामीको रोजाइमा आयुर्वेद पद्धति पर्ने बिश्वास लिइएको छ । अब यसै क्षेत्रमा आयुर्वेद प्रसोधन केन्द्रको समेत स्थापना गरी स्वास्थ्य संगै आर्थिक बिकासमा पनि लाग्नुपर्ने स्थानिय हरिभान कटुवालले माग गर्नुभयो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले असोज ११ गते नयाँ भवनबाट सेवा सुरू गरेको थियो । गत कात्तिक २६ गतेबाट पहिलो पटक पञ्चकर्म–पूर्वकर्म विधिबाट उपचार सेवा सुरु गरेको चिकित्सालयमा हाल दैनिक १८० बढी बिरामी आउन थालेका छन् । चिकित्सालयले बिस्तारै सेवा थप्ने र आम नागरिकलाई आयुर्वेदिक उपचार तर्फ आकर्षण बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?