पत्रकार महासंघ डडेल्धुरामा तालाबन्दी

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । मागपत्र सुनुवाई नभएको भन्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा तालाबन्दी गरिएको छ ।

यहि चैत्र १६ गते प्रेस चौतारी नेपाल डडेल्धुरा शाखा र स्वतन्त्र पत्रकार डडेल्धुराको संयुक्त आयोजनामा १० सुत्रिय माग राख्दै तिन दिने अल्टिमेटम सहित महासंघलाई बुझाएको ज्ञापनपत्रको कुनै सुनुवाई नभएको भन्दै बुधवार महासंघकाे कार्यालयमा तालाबन्दी गरिएको हो ।

पत्रकार महासंघ डडेल्धुरा शाखालाई बुझाएको ज्ञापनपत्रको बोधार्थ प्रदेश समिति र केन्द्रिय समितिलाई पठाएको भएपनि एक हप्ता बितिसक्दा समेत सुनुवाई हुन नसक्नु बिडम्बना मात्रै नभई गैर जिम्मेवार हर्कत भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

'डडेल्धुराको व्यवसायिक पत्रकारिता माथि पटक–पटक महासंघका गतिबिधिका कारण आम नागरिकबाट प्रश्न चिन्ह उठ्दै आईरहेका छन् । तर, हामी सच्चिनुको साटो उल्टो थप आलोचित हुने काममा उद्धत भईरहेका छौँ । महासंघ एकलकाटे ढंगबाट अघि बढीरहेको छ र निर्वाचित भएको दुई बर्षको अबधिमा भए गरेका गतिबिधिहरुका बिषयमा महासंघ डडेल्धुराको १५ औँ साधारण सभामा व्यापक असन्तुष्टि र प्रस्तुत कार्यपत्रहरु अस्विकृत भएका बिषयमा हामी सबै जानकार छौँ । पछि थप छलफल नै नगरी एकाएक रुपमा अघि बढेकाले तत्काल हामीले बुझाएका मागहरु सम्वोधन र कार्यान्वयन गराउने सुनिश्चितता नहुँदासम्म तालाबन्दी यथावत नै रहने जानकारी गराउँदछौ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तै आन्दोलनबाट हुने समस्या र चुनौतीका बिषयमा आफुहरु गम्भिर रहेको र महासंघलाई गम्भिर बन्न आग्रह गर्दै उचित निकास बिना तालाबन्दीको आन्दोलनलाई हस्तक्षेप गर्ने तथा ताला खोल्ने दुस्साहन कसैबाट भए प्रतिकार गरिनुका साथै कानुनी उपचारमा जान बाध्य हुने चेतावनी समेत प्रेस चौतारी नेपाल डडेल्धुरा शाखा र स्वतन्त्र पत्रकारले बिज्ञप्तिमार्फत भनेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?