साताको अन्तिम कारोबार ८.२८ अंकले घट्यो

Read Time = 2 mins

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८।२८ अंकले ओरालो लागेर १८६६.७९ को बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अङ्कले घटेर ३५३ विन्दुमा पुगेको छ। यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ विन्दुमा अडिएको थियो । सोही दिन ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा बिहीबार कूल २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा ४८ कम्पनीमा वृद्धि भएको छ । १६५ कम्पनीमा ओरालो लागेको र ५ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ४ करोड ९२ लाखको कारोबार गरेको छ । नेपाल रिइन्सयोरेन्स कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले २ करोड ९६ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

बिहीबार १३ उपसुचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनी ओरालो लागेको छ । बैंकिङ सवइन्डेक्स, निर्जीवन बिमा र निर्माण ट्रेडिङ सूचक कम्पनीमा सामान्य वृद्धि भएको छ । ओरालो लागेको कम्पनीहरु मध्ये सबैभन्दा धेरै विकास बैंक, फाइनान्स र हाइड्रोपावर सुचकको १ प्रतिशतले ओरालो लागेको हो ।

आजको कालिन्चोक दर्शन र सिटिजन म्युचुअल फण्डको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?