सरकारले अर्थतन्त्र सुधार गर्न नीतिगत र कार्यगत सुधार गर्ने (पूर्णपाठसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । १० दलिय गठबन्धन सरकारले सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी(का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता थियो । सरकारको साझा नीति तथा कार्यक्रम जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ल्याएको यो साझा नीति तथा कार्यक्रम दोस्रो हो । यस अघि एमालेसहितको सरकारले पनि सरकारको नीति तथा कार्यक्रम ल्याएको थियो ।

सत्ता गठबन्धनले आफ्नो साझा कार्यक्रममा गुणस्तरिय सेवा प्रवाह सुशासनको प्रत्याभूत हुनेगरी शासकिय सुधार गरेर भ्रष्टाचारको छानविन गर्ने, शान्तिप्रक्रियालाई पूर्णता दिन भएका सहमतिहरुको कार्यान्वयन गर्ने, नागरिकताको समस्या समाधान गर्ने लगायत समावेश गरेको छ ।

यस्तै, संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृणिकरण र संघीयता कार्यान्वयन गर्ने, देशको अर्थतन्त्र सुधार गर्न नीतिगत र कार्यगत सुधार गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई समेटिएको छ ।

पूर्णपाठ हेर्नुहोस्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?