उदिनढुङ्गा–साखिनेडाँडा जोड्ने पुल शिलान्यास

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । तम्घासमा उदिनढुङ्गा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर–२ उदिनढुङ्गा र वडा नम्बर–७ साखिनेडाँडा जोड्ने ३६० मिटर लम्बाई भएको सो पुलको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले शिलान्यास गर्नुभयो ।

पुलको शिलान्यास गर्नुहुँदै नगरप्रमुख पन्थीले पुल निर्माणले आवतजावतमा यहाँका नागरिकलाई निकै सहज हुने बताउनुभयो । उहाँले गुणस्तर कायम गरि समयमै पुल निर्माण हुने आफुले विश्वास लिएको बताउनुभयो ।

संघीय सरकारबाट आर्थिक वर्ष २०७९/०८० विनियोजित बजेटबाट एक करोड ८४ लाख लागतमा निर्माण हुने भएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यक्रम अन्तर्गत निलगिरी निर्माण सेवाले सो पुल निर्माण गर्ने कामको जिम्मा पाएको छ ।

सरकारले समयमै पुलको लठ्ठा उपलब्ध गराउन सकेमा चालू आर्थिक वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्न सकिने निर्माण व्यवसायी तथा इन्जिनियर रेशम भट्टले बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्नको लागि भुक्तानी पनि समयमै हुनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?