हिमाल सरसफाइ २०२३ मा कोकको साथ

Read Time = 2 mins

काठमाडौं । हिमाल बचाउने प्रयास भन्ने नाराका साथ नेपाली सेनाको नेतृत्वमा सञ्चालन भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोका-कोला फाउण्डेसनले यस वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको अभियानमा दि कोका-कोला फाउण्डेसन हालसम्मको सबैभन्दा ठूलो डोनर रहेको छ । पर्वतारोहीले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषण सफा गरेर हिमालको पवित्रता जोगाउने अभियानको उद्देश्य रहेको छ ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी आठ हजार मिटरभन्दा अग्ला हिमाल सरसफाइ गर्ने यो कार्यक्रममा कोका-कोलासहित थुप्रै सरोकारवाला निकाय पनि सहभागी छन् । चैत १४ देखि जेठ २२ सम्म सञ्चालित अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोर उचित व्यवस्थापनका लागि रि-साइक्लिङ पार्टनरलाई हस्तान्तरण गरिने कोका-कोलाले जनाएको छ ।

प्रतिकूल मौसम र हाई अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । टोलीमा आरोही, डाक्टर र शेर्पा रहेका छन् । प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र दुई डेयुटी डाइरेक्टर समावेश छन् । त्यसैगरी फोहोर संकलन, लोडिङ र अन्य सहयोगका लागि ४५ शेर्पा पनि रहेका छन् भने सञ्चालन, समन्वय र रियर अपरेसनका लागि अन्य २० जना कर्मचारी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?