एसइई विद्यार्थीलाई निःशुल्क सिम

Read Time = 3 mins

काठमाडौं । नेपाल टेलिकमले एसइईका विद्यार्थीका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत कम्पनीले एसइई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउनेछ । सिममा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने अफर तीन महिनासम्म र बोनस अन रिचार्ज छ महिनासम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ भने सिम प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ सिम प्राप्त गर्ने विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सका रूपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएससहितको सुविधा पनि प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा सय एमबी डाटा प्रयोग गर्न सकिनेछ भने ३० दिनसम्म तीन हजार एमबी डाटा, छ सय मिनेट टक टाइम र तीन सय एसएमएसको सुविधा प्राप्त हुनेछ । अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?