न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाले जनायो असहमति

हिमालय टाइम्स
Read Time = 2 mins

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रचण्ड सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमका धेरै बुँदामा आफ्नो पार्टीको असहमति रहेको जनाउनु भएको छ ।

शुक्रबार बुटवलमा आयोजित प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले केही सकारात्मक कुरा छन् भन्दा स्वीकार्‍यो भन्दै गलत प्रचार भएको समेत गुनासो गर्नुभयो । विशेषत आफ्नो दलले तीन बँुदा असहमति जाहेर गरेको उहाँले बताउनु भयो । विदेशमा बसेका नेपालीलाई मताधिकारको कुरा राम्रो भएको बताउँदा सबै कुरा स्वीकारेको बताउँदै भ्रम सिर्जना गरेको उहाँको गुनासो थियो ।

अध्यक्ष केसीले गठबन्धनले ल्याएको अहिलेको र अघिल्लो न्यूनतम साझा कार्यक्रममा भएको संघीयता नै स्वीकार्य नभएको बताउनु भयो । नेपाल जस्तो सानो देशले संघीयता धान्न नसक्ने भएको र राष्ट्रिय जनमोर्चाले यसको खारेजीको माग गर्दै आएकोले यो स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

साथै संक्रमणकालीन न्यायको विषय र अंगीकृत नागरिकता भएका व्यक्तिबाट जन्मेकालाई बंशजका आधारमा दिने नागरिकताको विषयमा आफ्नो दलको असहमति रहेको केसीले बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनको एक घटक हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि उ सरकारमा भने सहभागी भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?