सन्तोष थ्रीस्टारमा आबद्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फरवार्ड सन्तोष साहुखल थ्रीस्टार क्लबमा आबद्ध हुनुभएको छ । थ्रीस्टारमा आबद्ध हुनका लागि उहाँ जापानबाट नेपालसमेत आउनुभएको हो । थ्रीस्टारले जारी ‘ए’ डिभिजन लिग फुटबलका लागि उहाँलाई टोलीसँग अनुबन्ध गरेको हो ।

सन्तोष सात वर्षपछि थ्रीस्टारमा फर्किनुभएको हो । सन्तोषले थ्रीस्टारबाट पछिल्लो पटक २०७२ मा राष्ट्रिय लिग खेल्नुभएको थियो । सोही अवधिमा उहाँ जापान जानुभएको थियो । दुई वर्षअघि च्यासल युथ क्लबबाट खेल्दै उहाँले ‘ए’ डिभिजन लिगमा एक सयौं गोल पूरा गर्नुभएको थियो । ‘ए’ डिभिजन लिगमा सय गोल पूरा गर्ने उहाँ एकमात्रै खेलाडी हुनुहुन्छ ।

जारी लिगमा छैटौँ चरणको समाप्तिमा १० अंकसहित थ्रीस्टार अंकतालिकाको छैटौँ स्थानमा छ । १४ अंकका साथ मनाङ मस्र्याङ्दी क्लब शीर्षस्थानमा छ । सातौँ चरणमा सोमबार थ्रीस्टारले मनाङको सामना गर्दा सम्भवतः सन्तोष पनि खेल्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?