जुम्ला । कर्णाली प्रदेशमा करिब ६० प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा.रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको जानकारी दिनुभयो । कर्णालीमा कूल नौ सय आठ जनामा तीन सय ६३ स्वास्थ्य जनशक्ति कार्यरत रहेकाछन् ।
निर्देशक डा.खड्काले भन्नुभयो, “पाँच सय ४४ स्वास्थ्यकर्मीहरुको दरबन्दी आज पनि खाली छ,” । “यस्तो अवस्थाबाट यहाँको स्वास्थ्य सुधार कसरी हुन सक्छ ?तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उहाँले बताउनुभयो । निर्देशक खड्काले योगदानमा आधारित स्वास्थ्य बीमा आवश्यक औंल्याउँदैं स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नीतिमा सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रममा हुनेले योगदान गर्नुपर्छ र नहुनेले त्यसबाट सेवा लिनुपर्दछ ।” कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा.शंकरप्रसाद रिजालले बदलिँदो जीवनशैलीका कारण मानव स्वास्थ्य चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । डा.रिजालले भन्नुभयो, “हामीले प्राङ्गारिक उत्पादनसँग जोडिएका गतिविधि गर्न छोड्यौं र प्रकृति प्रदत्त खानामा ध्यान दिएनौं ।
जसले हाम्रो स्वास्थ्य अवस्था दिनानुदिन बिग्रँदै गएको छ ।”विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेश प्रतिनिधि प्रदीप अधिकारीले स्वस्थकर बानी व्यवहार हरेक नागरिक बाँच्ने आधार भएको जनाउनुभयो । जनस्वास्थ्य प्रवर्द्धन हुने कार्यक्रममा सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताउँदै अधिकारीले स्थानीय सरकारले यसको बढी अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच