काठमाडौं । इक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङमा स्तरवृद्धि गर्दै इक्राएनपी–आइआर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्तमात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थामा न्यून कर्जा जोखिम रहेको हुन्छ । इक्रा नेपाल भारतस्थित इक्रा लिमिटेड इन्डियाको सहायक कम्पनीका रूपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त नेपालको पहिलो रेटिङ एजेन्सी हो ।
विगत वर्षमा विभिन्न संस्थासँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभावसँगै बैंक कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालका कारण देशव्यापीरूपमा ग्राहक संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पुँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धिलगायत आधारमा रेटिङमा स्तरवृद्धि भएको बैंकले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर