राष्ट्रिय सभाबाट दुईवटा विधेयक सर्वसम्मतले पारित

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभाले सोमबार दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले  भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।

सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।

राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबार दिउँसो १ः०१ बजे बस्नेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?