लियो जिल्ला परिषद् ३२५ एम नेपालको प्रथम अधिवेशन सम्पन्न

Read Time = 1 min

काठमाडौं । लियो जिल्ला परिषद् ३२५ एम नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । काठमाडौ लियो कल्ब अफ काठमाडौं आगमनको आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट आगामी लायन वर्ष २०२३/२४को लागि जिल्ला अध्यक्षमा लियो आस्विन खतिवडा तथा उपाध्यक्षमा लियो प्रेमराज तिवारी निर्वाचित हुनुभएको छ ।

जिल्ला अध्यक्षमा निर्वाचित लियो आश्विन खतिवडाले आगामी वर्षका लागि जिल्ला सचिव र कोषाध्यक्षमा लियो प्रलाद आचार्य तथा लियो राजन भुसाललाई मनोनित गर्नुभएको छ । सो अवसरमा बूढानीलकण्ठ नगरपालिका-१२ का स्थानीय बासिन्दा खतिवडाले आफ्नो थिम ‘मेकिंग डिफरेन्स टुगेडर’ पनि सार्वजनिक गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लियो प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रमका संयोजक लियो धर्मेन्द्र यादवले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?