वाणिज्य बैंकहरूको नाफा २५.०२ प्रतिशतले वृद्धि

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा २० वटा वाणिज्य बैंकहरूले ७० अर्ब ६ करोड नाफा कमाएका छन् । वाणिज्य बैंकहरूले प्रकाशित गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा २५.०२ प्रतिशतले बढेको हो । बैंकहरूले २०७९ असारसम्ममा जम्मा ५६ अर्ब छ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए भने २०८० असारसम्ममा नाफा १४ अर्ब तीन करोडले बढेर ७० अर्ब छ करोड रुपैयाँ पुगेको हो ।

नबिल बैंकले सबैभन्दा धेरै सात अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले सात अर्ब २५ करोड कमाएको छ । सिटिजन्स बैंकले दुर्ई अर्ब २१ करोड नाफा आर्जन गरेको छ, जुुन अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब रुपैयाँ थियो भने सानिमा बैंकको नाफा दुई अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब नौ करोड रुपैयाँ थियो । सिद्धार्थ बैंकले तीन अर्ब १९ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष दुई अर्ब ९० करोड नाफा थियो ।

त्यस्तै, कृषि विकास बैंकले तीन अर्ब नौ करोड नाफा कमाएको छ । प्रभु बैंकले २०७९ मा एक अर्ब ९० करोड कमाएकोमा गत वर्ष दुई अर्ब ८२ करोड कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ । एनएमबी बैंकले तीन अर्ब ४१ करोड कमाएको छ, अघिल्लो वर्ष तीन अर्ब २९ करोड थियो । ग्लोबल आइएमई बैंकले २०७९ मा चार अर्ब ९५ करोड नाफा कमाएको गत वर्ष सात अर्ब २५ करोड कमाएको छ भने लक्ष्मी सनराइजले दुई अर्ब २६ करोड कमाएको छ । अघिल्लो वर्ष एक अर्ब ५१ अर्ब कमाएको थियो । हिमालयनले तीन अर्ब २६ करोड कमाएको छ । अघिल्लो वर्ष दुई अर्ब ३६ करोडमात्रै नाफा कमाएको थियो ।

एनआइसी एसिया बैंकले चार अर्ब ६५ करोड कमाएको छ । अघिल्लो वर्ष चार अर्ब २१ करोड कमाएको थियो भने कुमारी बैंकले एक अर्ब ९५ करोड कमाएको छ । अघिल्लो वर्ष दुई अर्ब ५७ करोड थियो । एभरेष्ट बैंकले तीन अर्ब ३९ करोड कमाएको छ । अघिल्लो वर्ष दुई अर्ब ४७ करोड थियो । माछापुच्छ्रे बैंकले एक अर्ब ८५ करोड कमाएको छ । अघिल्लो वर्ष एक अर्ब ६८ करोड थियो । नेपाल एसबिआई बैंकले दुई अर्ब २४ करोड कमाएको छ । अघिल्लो वर्ष एक अर्ब ६३ करोड थियो । राष्ट्रिय बाणिज्य बैंकले चार अर्ब ९१ करोड कमाएको छ ।

अघिल्लो वर्ष चार अर्ब २९ करोड रुपैयाँ कमाएको थियो । प्राइम कमर्सियल बैंकको नाफा भने दुई अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष दुई अर्ब ७८ करो थियो । नेपाल बैंकको नाफा तीन अर्ब ४१ करोड छ । अघिल्लो वर्ष दुई अर्ब ९२ करोड नाफा थियो । स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा पनि बढेर तीन अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष दुई अर्ब २५ करोडमात्रै थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?