काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।
गृह मन्त्रालयका सह सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो ।
यसअघि संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भएको थियो । तर, सहमति जुट्न नसक्दा वार्ता निष्कर्षबिहीन हुन पुगेको थियो । आज पुनः सहमतिमा पुग्ने प्रयास स्वरुप वार्ता गर्न लागिएको संघर्ष समितिका संयोजक अबधेस कुशवाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच