अवैध लागूऔषधसहित ३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट तीनजनालाई ‍लागुऔषधसहित पक्राउ गरिएको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय राहुल बिकलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४० वर्षीय बिमल बहादुर कट्वालले बोक्न दिएको भनी खुल्न आएपछि कट्वाललाई समेत बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

सिरहाकाे सखुवानान्कार्कट्टि गाउँपालिका-२ सोठियाईनस्थित शौचालयको छतमाथिको ट्याङकीभित्र अवैध लागूऔषध गाँजा करिब १ केजी ५ ग्राम  प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?