रास्वपाको अनुशासन समितिले ढाकाकुमारसँग लियो बयान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग दुई करोड अडियो टेप प्रकरणबारे बयान लिएको छ ।

रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारामा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे बयान लिएको हो ।
श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि ‘रास्वपाको कोर टिमलाई बुझाउन’ भनी व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएलगत्तै पार्टीले श्रेष्ठलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

समितिका एक जना सदस्यका अनुसार, बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर दोहोर्याउनु भएको छ । उहाँले पार्टीलाई पठाएको स्पष्टीकरणमा पनि अडियो सम्पादित रहेको उल्लेख गर्नुभएको थियो । तर, अनुशासन समितिले सो भनाइमा विश्वास गरेको छैन ।

यस घटनामाथि छानबिन सकेर अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाउने तयारी छ । समितिको सुझावका आधारमा केन्द्रीय समितिले निर्णय लिने छ ।

भोलि रास्वपाको केन्द्रीय समिति बस्ने भएको छ ।

यो पनि पढ्नुहोस्

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?