जलवायु परिवर्तन र कोप २७ बैठक

Read Time = 11 mins

✍️ निनाम लोवात्ती

६ नोभेम्बर, २००२२ देखि इजिप्टको ‘शार्म-एल शेख’ शहरमा ‘युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ (युएन एफसीसीसी) अन्तर्गत रहेर कोप-२७ को बैठक बसिरहेको छ । हुन पनि जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्दै गएको छ भने, धरतीको अस्तित्व पनि रहने, नरहने भन्ने गम्भीर सवाल पैदा भएको छ । यस्तो बेला विश्वभरिका १९८ देशका सरकार प्रमुख र राष्ट्रप्रमुख तथा सरकारी एवं गैरसरकारी प्रतिनिधिहरूले इजिप्टको शार्म एल शेखमा भाग लिँदैछन् । सो बैठकले यो शताब्दीमा हामी बसिरहेको यो धरतीलाई सकेसम्म शून्य कार्बन उत्सर्जनतर्फ डोहोर्‍याउने र विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा तल झार्ने लक्ष्य निर्धारण गर्ने अपेक्षा राखिएको छ ।

मानिसहरूले हामी बसेको धरतीलाई अलिकति पनि माया नगरी जताभावी गरिरहेको हुनाले नै धरतीमा अनावत्तश्यक रूपमा तापमान वृद्धि भइरहेको छ । जसका कारण हामी बसेको धरती आवश्यक्ता भन्दा बढी तातिरहेको छ । फलस्वरूपः हिमनदी पग्लने, हिमाल पग्लने, हिमालमा हिउँ सुकेर कालो हुने, हिमालमा खोला बन्ने, हिम ताल फुट्ने क्रम बढिरहेको छ । जसका कारण विश्वभरि नै बेमौसममा अकस्मात बाढी-पहिरो आउने, अत्यधिक चिसो बढ्ने, हिम पहिरो आउने भइरहेको छ ।

जलवायु परिवर्तनका कारण पछिल्लोपटक लगातार रूपमा असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामयिकमा रूपमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारणले नै हो भन्नेमा दुई मत छैन ।

यसरी गत साउनमा सप्तकोशी नदीमा आएको बाढीलाई पनि एक उदाहरणका रूपमा लिन सकिन्छ । सो बाढीका कारण कोसी टप्पु क्षेत्रमा बसोवास गरिरहेका २० हजार मानिस प्रभावित भएका थिए । सो बाढी दिउँसो आएको हुनाले बाढी प्रभावित तुरुन्तै सुरक्षित क्षेत्रमा सरेका थिए । तर, सो क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षणले आफ्नो बनाउने वा भनौं हडप्ने भन्ने हल्ला सुनेपछि ती बाढीपीडित र प्रभावित तुरुन्तै फेरि साविक ठाउँमै आएर बस्न थालेको भन्ने समाचार आएको थियो । यसले मान्छेहरू आफ्नो ज्यानभन्दा पनि आफ्नो अचल सम्पत्ति घर, जग्गा र जमिनकै लोभमा पर्ने रहेछन् ! आफ्नो अचल सम्पत्ति घर, जग्गा र जमिनकै लोभमा मर्ने रहेछन् ! भन्ने देखाएको थियो । धेरै चाहिँ उदयपुरको बेलका नगरपालिकाका जनता प्रभावित भएका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्लोपटक लगातार रूपमा असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायीकमा रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी-बेहरी आउने, हिउँ पग्लने, हावा-हुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रम बढ्नुको मुख्य कारणमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारणले नै हो भन्नेमा दुई मत छैन । त्यसो त लगभग तीन महिनाअघि युरोपका विभिन्न देशहरू जस्तै स्पेन, बेलायत, फ्रान्स, इटाली आदि देशमा अत्यधिक गर्मी भएको कारण धेरै मानिसले अकालमै ज्यान गुमाएका थिए ।

हो, यसरी असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायीकमा रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिउँ पग्लने, हावाहुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रम भनेको जलवायु परिवर्तनका कारण धरती तात्दै गएकाले गर्दा हो, यसमा कसै विमति रहने गरेको छैन । तर, जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम कसरी घटाउने, कसले घटाउने ? यस सम्बन्धमा विश्वका औद्योगिक, धनी र प्रभावशाली राष्ट्रबीच मतैक्य हुन सकेको छैन ।

अर्कोतिर विश्व स्वास्थ्य संगठन÷वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ) ले गत वर्षप्रकाशित गरेको वायु प्रदुषण सम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा वर्षेनी ७० लाख मानिसले अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाइरहेका छन् । वायु प्रदुषणका प्रमुख कारणहरूमा औद्योगिक उत्पादन, उद्योग-धन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मानिन्छ । विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौ विश्वकै ५० प्रदुषित शहरमध्ये पहिलो नम्बरमा रहेको थियो/छ ! सो समयमा डा.माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाडौंको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो, गत वर्ष ।

जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । साथै ३०१ भन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

गएको केही वर्षदेखि विश्वका धेरै देशहरूमा कैयौं दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रूपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ ।

माथि एक प्रसंगमा वायु प्रदुषण बढ्नुमा उद्योग-धन्दा र कलकारखाना प्रमुख जिम्मेवार रहने गरेको भनिए तापिन नेपाल जस्ता अविकशित र अल्प विकशित देशहरूमा वायु प्रदुषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पूरानो बस, कार, जिप, भ्यान, मोटर साइकल लगायत गाडीहरू अभै पनि चल्न दिनु (करको लोभमा) यसरी पूरानो (३०, ३५, ४०) : बस, कार, जिप, भ्यान, मोटरसाइकल लगायत गाडी चलाउनेहरूका अनसुार यस्तो सवारीसाधनमा सरकारले बढी कर लिइरहेको छ । साथै युरो मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, ग्यास, कोइलालगायत औद्योगिक इन्धनहरू, धेरैजसो नेपालीको घरमा भात-भान्सा तयार गर्न काठ-दाउराको प्रयोग गर्ने, गोबरको गुइँठा बाल्ने भुस र फुसलाई पनि इन्धनका रूपमा प्रयोग गर्ने गर्नाले पनि हो ।

गएको केही वर्षदेखि विश्वका धेरै देशहरू जस्तै चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडा लगायतका देशमा कैयौं दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रूपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ । यसरी धेरैअघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण पनि बढ्दो क्रम रहेको देखन्छद्ध । त्यसैले यसको असर कम गर्न सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता, वातावरणविद लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् ।

त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस-कसले कसरी काम गर्ने ? भन्ने विषयमा कोप २७ मा मतैक्य हुन सकोस् भन्न कामना गरौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?