सिन्धुलीमा भारतिय कार दुर्घटना, चार जनाको मुत्यु

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । सिन्धुलीमा मंगलबार राति भारतिय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मुत्यु भएको छ । पूर्वबाट काठमाडौं जाँदै गरेको कार बीपी राजमार्गमा दुर्घटना भएको हो ।

कमलामाई नगरपालिका–३ मा अवस्थित सिन्धुलीगढी गेट नजिक दुर्घटना भएको BR06DD0687 नम्बरको कार राजमार्गबाट पाँच फिट तल खसेको प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कारमा पाँच जना भारतीय नागरिक (पुरुष) सवार थिए । तीन जना पुरुषको घटनास्थलमै र एक जना गम्भिर घाइते पुरुषको सिन्धुली अस्पतालमा ल्याइसकेपछि बुधबार विहान ४ः२० मा मुत्यु भएको उहाँले बताउनुभयो ।

त्यस्तै, अर्का एक जना घाइते पुरुष सिन्धुली अस्पतालमा उपचारत छन् । मृतक र घाइते पुरुषको नामथर खुल्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?