बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताउनुभएको छ ।

बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाहरुलाई पहिलोको पछाडि दाडाएर चिन्ता थुपार्नु नहुने बताउनुभएको हो ।

उहाँले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले बालबालिकाहरुलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरैकुरा सिक्न बाँकी छ भन्नेकुराका सिकाउन जरुरी रहेको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘मलाई त तनाव छ छ, यसो बच्चाहरुलाई हेर्छु, मेरो ६ कक्षामा, ४ कक्षामा पढ्ने बच्चालाई तनाव छ, होमवर्क नसकेको तनाव कहिले के तनाव ? अब त्यो ४ कक्षाको बच्चालाई त जीवन भनेको रमाइलो हुन्छ, लाइफमा यो भन्दा पछि नयाँ कुरा सिक्नुपर्छ भन्ने हुन्छ । दौडिने कुरा सिकाउनुपर्छ तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नु हुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनु पर्छ । सधैँ दौडेर फस्र्ट हुनुपर्छ भनेर सिकाउनु भएन । पहिलोको पछाडि दौडिन सिकाउनु हुँदैन । कहिले काहीँ सेकेण्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन तर त्यसकै पछि दौडाउनु हुँदैन । पहिलोको आशक्त बनाउनु भएन । काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो ।’

महामन्त्री थापाले विद्यार्थीहरुले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?