टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको सरावलमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनवल १३ बडेरा बस्ने ३२ वर्षका चिरञ्जीवी काफ्लेको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

टाउको र शरीरका विभिन्न ठाउँमा गम्भीर चोट लागेका काफ्लेको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?