शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । नयाँ शैक्षिक शत्र सुरु हुनै लागेको छ । पहाडी जिल्लामा बैशाख ३ गतेदेखि यस वर्षको शैक्षिक सत्र सुरु हुँदै छ । अघिल्ला वर्षहरूमा शैक्षिक सत्र सुरु हुने बेलादेखि नै विद्यालयमा पुस्तक नपुगेका समाचार आउने गर्थे । शैक्षिक शत्र सुरु हुँदा पनि पाल्पाका अधिकांस ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा पुस्तक पुग्दैन थिए । तर यस पटक भने शैक्षिक शत्र सुरु हुनु भन्दा एक हप्ता अघि नै पाल्पाका पुस्तक पसलहरुमा पाठ्यपुस्तक झरेका छन् । विगतका वर्षमा यो बेला किताव बेच्न नपाएर चिन्तामा परेका यहाँका पुस्तक व्यवसायीहरु यस पटक भने चैतको २८ गतेदेखि नै पाठ्यपुस्तक विद्यालयमा पठाउने काममै व्यस्त हुन थालेका छन् ।

जनक शिक्षा सामग्री केन्द्र बुटवलस्थित प्रदेश कार्यालयबाट आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका धेरैजसो किताब आइसकेका छन् । मंगलबार सरकारी विद्यालयका ६५ हजार ९ सय ६९ थान पाठ्यपुस्तक पाल्पा आइपुगेका छन् । जिल्लाका लागि आवश्यक पर्ने कक्षा ६–१० सम्मका पाठ्यपुस्तकको ७२ प्रतिशत पाठ्यपुस्तक पठाइएको जनक शिक्षा सामग्री लुम्बिनी प्रदेशका कार्यालय प्रमुख राम विनय श्रेष्ठले बताउनुभयो । ‘अब करिब २८ प्रतिशत मात्रै पठाउन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘बाँकी पाठयपुस्तक वैशाख १५ गतेसम्म व्यवसायीकोमा पुु¥याई सक्ने छौं ।’ जनक शिक्षाको प्रदेश कार्यालयमा यसपटक जिल्लामा पाठ्यपुस्तक पु¥याउन १४ स्टेसनरी व्यवसायीको नाम सूचीकृत छन् । उनीहरुले प्रदेश कार्यालयबाट प्राप्त भएका पाठ्यपुस्तक विद्यार्थीहरुको हात–हातमा पुु¥याउने छन् ।

जनक शिक्षा सामग्रीको प्रदेश कार्यालयले भौगोलिक अवस्थालाई मध्यनजर गरी यस पटक पाठ्पुस्तक वितरण गर्दै आएको छ । विगतमा जस्तो अव्यवस्थित वितरण प्राणाीलाई कार्यालयले केही व्यवस्थित बनाएपछि पाठ्यपुस्तक समयमै पुुग्नेमा धेरैले विश्वास गरेका छन् । प्रदेश कार्यालयले पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिरहेको छ । भौगोलिक बनावटका कारण पहाडी जिल्लाका विद्यालयहरुमा पाठ्पुस्तक ढिलो पुुग्ने भएकाले यस पटक जिल्लालाई प्राथमिकताका आधारमा पठाइएको प्रदेश कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बुधबारसम्म लुम्बिनी प्रदेशका ५ वटा जिल्लामा पाठ्पुस्तक पठाइसकिएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तुुमा ७० देखि ८० प्रतिशत पाठ्पुस्तक पुुगिसकेका छन् । बाँकी जिल्लामा पनि पठाउने तयारी भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसपटकको शैक्षिक सत्रमा सबै विद्यालयमा बेलैमा बालबालिकाका हातमा पाठ्यपुस्तक पुग्छन् । अभाव हुन नदिने योजनाअनुसार काम गरिरहेका छौं ।’

जनक शिक्षा सामग्रीले समयमै पुस्तक पठाएकाले जिल्लामा विगतमा जस्तो समस्या नहुने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘ सरकारी विद्यालयलाई चाहिने करिब ७०/७२ प्रतिश किताब आइसकेका छन्, भने ५० प्रतिशत भन्दा बढी नीजि विद्यालयका समेत पुस्तक झरेका छन्, बाँकी केही दिनमै आउने छन् ।’ जिल्लाका विद्यालयहरुले कक्षा ४– १० सम्म उपलब्ध गराएको तथ्याङ्कको आधारमा यस वर्षको शैक्षिक सत्रका लागि ३४ हजार १ सय ९० जना विद्यार्थीहरुलाई लक्षित गरेर पुस्तक ल्याइएको महासंघका अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँका अनुसार नीजि विद्यालयहरुले विद्यार्थीको संख्या टिपाउन ढिला गरेका कारण पाठ्यपुस्तकमा केही ढिलाई हुन गएको हो ।

अहिलेसम्म नीजि विद्यालयका करिब ५० प्रतिशतभन्दा बढी पुुस्तक झरिसकेको महासंघका अध्यक्ष भट्टराईले बताउनुभयो । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री गर्न पाउने भएकाले जनक शिक्षा समाग्रीले कक्षा ६ –१० सम्मका विक्री गरेको छ । वैशाख ३ गतेदेखि सुरु हुने शैक्षिक सत्रका लागि विगतमा भन्दा यस पटक पाठ्यपुस्तक केही छिटो आएकोमा शिक्षक, विद्यार्थी र व्यवसायीहरु उत्साहित भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?